नयाँ विधेयकले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउँछ : सञ्चारमन्त्री बाँस्कोटा

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २६, बिहीबार  
नयाँ विधेयकले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउँछ : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौँ । राष्ट्रियसभाकोे बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।  

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयकलाई प्रतिधि सभाको बैठकमा प्रस्तुत गरेपछि उठेका प्रश्नको जवाफ दिँदै विज्ञापनको क्षेत्रमा  नयाँ इतिहार कोरेको बताएका छन् । 

सर्वसम्मत  पारित भएको सो विधेयकले विज्ञापन क्षेत्रलाई  व्यवस्थित र कार्यान्वयनमुखी बनाउन सहयोग पुर्याको भन्दै सदनका सांसदहरुलाई सहयोग पुर्याएकोमा धन्यवाद व्यक्त गरेका छन् ।

यसअघि सो विधेयक सैद्धान्तिक छलफलमा सांसद ठेगेन्द्र प्रकाश पुरी र कोमल ओलीले भाग लिएका थिए । रासस

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर