भ्रमण वर्ष २०२० लाई लक्षित गरि नेपाल, इण्डिया चाइना एक्स्पो हुँदै

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २६, बिहीबार  
भ्रमण वर्ष २०२० लाई लक्षित गरि नेपाल, इण्डिया चाइना एक्स्पो हुँदै

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यको साथ प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर भ्रमण वर्ष २०२० सचिवालय र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नेपाल त्रीदेसिय एक्स्पो (नाइस) हुने भएको छ ।

नेपालको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक, जैविक विविधता एवं नेपाली पर्यटन क्षेत्रमा विकास र विस्तार गर्नको लागि यो पहिलो पर्यटन मेला हुने पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले बताएका छन् ।

दक्षिण एसिया तथा विश्वकै ठूलो दुई ठूलो अर्थव्यवस्थामा एक्स्पोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ ।

कार्यक्रम सफल  पार्नको लागि तीनै वटा मुलुकका पर्यटन व्यवसायी र सरोकारवालाहरु लगायत पर्यटन क्षेत्रमा आबद्ध व्यवसायीलाई सफल मेला बनाउनको लागि सहयोग पुर्याउन पाटा नेपाल च्याप्टरका अध्यक्ष शाक्यले अनुरोध गरेका छन् । कार्यक्रम आगामी २१ देखि २४ फेब्रुअरी २०२० सम्म हुनेछ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर