images
images

जलहरी: दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति

काठमाडौँ । तीन दलका शीर्ष नेताहरूको बैठकमा जलहरी प्रकरणबारे सांसद लेखनाथ दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको छ ।

शुक्रबारको बैठकमा एमाले सांसद्हरुले जलहरी प्रकरणमा अध्यक्ष केपी ओलीलाई जोडेको भन्दै संसद् अवरुद्ध गरेका थिए । संसद् सुचारु गराउन ठुला तीन दलका नेताहरुबीच भएको छलफलमा यस विषयमा प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डले संसद्मा सम्बोधन गर्ने र सांसद दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको हो ।