images
images

प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा ५ जना मन्त्री रहने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट संसदमा प्रस्तुत गर्न स्वीकृति दिएको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट संसदमा प्रस्तुत गर्न स्वीकृति प्रदान गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको जेठ १७ देखि २० गतेसम्म हुने भारत भ्रमणको टोली निर्माण गरेको बताउनुभयो ।

टोलीमा प्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उर्जामन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसहित ५ जना मन्त्रीहरु सहभागी हुने बताउनुभयो । मन्त्रीपरिषद्बाट प्रधानमन्त्रीको भारतभ्रमण स्वीकृत भएको बताउनुभयो ।