काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सांसद विकास कोष ब्युँताएपछि सांसदहरू वडाध्यक्षको तहमा आएको टिप्पणी गरेका छन्।
अर्थमन्त्री प्रकाशशरण महतले सोमबार बजेट वक्तव्यका क्रममा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ५ करोड विनियोजन गरेको बताएका थिए।
सांसद विकास कोषको लागि ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको महतले बताएका थिए।
सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो ।
वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ।
— Balen Shah (@ShahBalen) May 30, 2023