images

राष्ट्रिय ट्रमा सेन्टरको मेसुमा डा बद्री रिजाल नियुक्त

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा बद्री रिजाल नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै डा रिजाललाई ट्रमा सेन्टरको मेसु बनाएका हुन्। डा रिजालले नियुक्ति पत्र पनि बुझिसकेका छन्।

यसअघि ट्रमा सेन्टरमा मेसु रहेका डा रुद्र मरासिनीलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाइएको छ।