images

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा महाकालेश्वर मन्दिरमा पूजाअर्जना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको मध्य प्रदेश पुगेर महाकालेश्वर मन्दिरमा पूजाअर्जना गरेका छन् ।

उज्वेनस्थित महाकालेश्वरलाई हिन्दुहरूले १२ मध्ये एक ज्योतिर्लिङ्गका रूपमा पूजा गर्ने गर्छन्

दौरासुरुवालमाथि गेरुवस्त्र लगाएका प्रधानमन्त्री प्रचण्डलाई विशेष पूजा अर्चना गर्न त्यहाँका पुजारीहरूले सहयोग गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग मन्त्री रमेश रिजालले पनि पूजाअर्चना गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डसँगै अरु मन्त्रीहरूले पनि गेरुवस्त्रमा पूजा गरेका छन् । चारदिने भारत भ्रमणका क्रममा भ्रमण टोली महाकुलेश्वर मन्दिर पुगेको हो ।