प्रवाह साहित्य [मुक्तक]

प्रवाह साहित्य

मुक्तक

संसार बदल्नुछ आफैँबाट, भावना मनमा यहि थियो) २ असभ्य र अपाच्य संस्कृतिले, सभ्य समाजलाई धक्का दियो

कारक तत्वहरू धेरै छन् बदलिन पनि गाह्रो होला तर विश्वास छ, अब नयाँ पुस्तामा भेटिन्छ दरिलो मियो !!

धनिहरु पनि एक दिन गरिवीको रेखामुनी पर्न सक्लान् )२

नपत्याउदा बालबालिकाहरूले घाउमा मलम भर्न सक्लान् माया गरी, सम्मान गरी, अवसर दिऔं सबैलाई यिनै नयाँ प्रतिभाहरूले पनि ज्ञानको ज्योति छर्न सक्लान् ।

खहरे वर्षामा मात्र गडगडाउँछ, हिउँदमा सुके पनि ) २ नजिर छ यहाँ भुक्ने कुकुरहरुको, टोक्दैन भुके पनि लटरम्म फलेको हाँगो, झुकेकै देखिन्छ जहाँ तहि छर्लङ्ग हुन्छन् कुकृत्यहरु पछि, हिजोआज लुके पनि !!!

(राम्रै लाउने, मिठै खाने रहर कसलाई हुदैन होला) २ तिखो वचनवाणले मुटुमा कसलाई छदैन होला, साहित्यिक सर्जकहरूको योगदान सधैं भरि कदर गरौ (अपमानजनक व्यवहारले कसको मन रुदैन होला) २

[अग्रिम खनाल DMA (डमौली मोडल एकेडेमी)]