images

“काेखदेखि शाेकसम्म राज्यले नागरिकको सुनिश्चितता गर्नुपर्छ”

ललितपुर, २० मङ्सिर – श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले हरेक श्रमजीवी नागरिककाे काेखदेखि शाेकसम्म राज्यले नागरिकको सुनिश्चितता गर्नुपर्छ भन्नेमा जाेड दिनुभएको छ। नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज विहिबार ललितपुरमा आयाेजित औद्योगिक सम्बन्ध र श्रम नीति गोष्ठीमा मन्तव्य राख्नुहुँदै मन्त्री भण्डारीले श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय श्रमिककाे मन्त्रालय भएको बताउँदै श्रमसंग सम्बन्धित सबै समस्या सराेकारवालासंगकाे समन्वय र सहकार्यमा समाधान गर्न सकिन्छ भन्ने बताउनुभएको हाे ।

“सरकारले दाेषाराेपण गरेर मात्रै केही हुँदैन, श्रम ऐन संशोधन आवश्यक छ, सरकार एक्लैले गर्न सक्दैन, सराेकारवालाहरुकाे सहभागिता आवश्यक छ,काेखदेखि शाेकसम्म राज्यले सुनिश्चितता गर्न नसकेसम्म नागरिकले सुरक्षित महसुस गर्न सक्दैन ।” मन्त्री भण्डारीले भन्नुभयाे। उहाँले सरकार,राेजगारदाता र श्रमिककाे सहभागिता हुँदा पनि सामाजिक सुरक्षा काेषलाई प्रभावकारी बनाउँदै किन अगाडि बढ्न सकिरहेका छैनौं भनेर साेच्नुपर्छ भन्नेमा ट्रेड युनियनकर्मीहरुकाे ध्यानाकर्षण गराउनुभयाे।

“बैदेशिक राेजगार ऐन पनि सुधारका लागि हामीले सुरुवात गरेका छाैं,मन्त्रालयलाई श्रमिकहरुकाे हकहितका लागि काम गर्ने मन्त्रालय बनाउन ट्रेड युनियनहरुकाे महत्त्वपूर्ण भूमिका हुन्छ, अहिले बैदेशिक राेजगारकाे मात्रै बढि काम भएको छ, समृद्धिकाे आधार राेजगार हाे।” उहाँले भन्नुभयो । उहाँले राेजगार नभएसम्म विकास र समृद्धि हुन सक्दैन भन्दै बैदेशिक राेजगारकाे विकल्प स्वदेशी राेजगारकाे सृजना नै हाे भन्ने बताउनुभयो ।

राज्यले नागरिक प्रतिकाे दायित्व बुझेर आन्तरिक राेजगारकाे सृजना गर्नुपर्छ भन्नुहुँदै उहाँले मुलुकभित्र रहेका आन्तरिक राेजगारकाे सृजनाका लागि आन्तरिक राेजगार विभाग आवश्यक छ भन्नुभयो । ” हामी आन्तरिक राेजगार प्रवर्द्धन दशक घाेषणा गर्दैछौं, बाहिर रहेका श्रमिककाे सीप र सिर्जनालाई पनि उपयाेग गर्नेछाैं, मुलुकमा राेजागरीकाे बाताबरण तयार गर्न उद्योगधन्दा सञ्चालन हुने अवस्था सृजना गरी राेजगारदाता र श्रमिकबीच सुमधुर सम्बन्ध कायम गर्नुपर्छ ।” उहाँले भन्नुभयो ।

उहाँले ओैकात भन्दा बढि खर्च गरेर विद्यार्थी भिषामा विदेश काम गर्न जाने पद्धतिले समस्या निम्त्याएको छ भन्नुभयो । लागत भन्दा चार गुणा बढि पैसा तिरेर बैदेशिक राेजगारमा जाने पद्धतिलाई राेक्न सक्नुपर्छ भन्नेमा उहाँले जाेड दिनुभयाे। नेपालका लागि जापानी राजदूतावासका डेपुटी चिफ अफ मिसन ताकाहिराे तमुराले यस गाेष्ठीले उपयुक्त काम गर्ने वातावरण र स्वस्थ्य ओैद्याेगिक सम्बन्धकाे बारेमा सहभागीहरुका ज्ञान तथा अनुभवहरु बाँड्दै श्रमक्षेत्रका सराेकारवालाहरु र राेजगारदातबीच छलफल हुने विश्वास व्यक्त गर्नुभयाे ।

उहाँले नेपालमा काम गर्ने वातावरण र ओैद्याेगिक सम्बन्धका चुनाैती र सुधार गर्नुपर्ने बिषयमा याे गाेष्ठी सार्थक हुने विश्वास व्यक्त गर्नुभयो । जापान अन्तर्राष्ट्रिय श्रम संस्था (जिलाफ)का कार्यकारी निर्देशक ताेशिराे माेटाेबायशीले १९८९ मा स्थापना भएपश्चात् विभिन्न देशमा कार्यक्रम गर्दै आएकाे बताउनुभयो । उहाँले श्रमिक र राेजगारदाताबीच समन्वय गर्दै रचनात्मक ओैद्याेगिक सम्बन्धलाई स्थापित गर्ने उद्देश्य बाेकेर याे गाेष्ठी सञ्चालन गरिएको जानकारी गराउनुभयाे ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष याेगेन्द्र कुँवरले जिलाफसंग लामोसमयदेखि सहकार्यमा काम भइरहेको जानकारी गराउँदै नेपालकाे श्रम बजारलाई सुमधुर बनाउन र सुधार गर्न प्रभावकारी छलफल तथा वहसका कार्यक्रमहरु निरन्तर भइरहेको बताउनुभयो । उहाँले ओैद्याेगिक सम्बन्धकाे कुरा गर्दा राेजगारदाताकाे चासाे उत्पादकत्व बृद्धिमा र श्रमिकको चासाे इन्सेटिभमा हुन्छ भन्दै द्वन्द्व र असमझदारीलाई न्युनिकरण गर्दै साझा ढंगले काम गर्न सक्नुपर्नेमा जाेड दिनुभयो । राेजगारदाता र ट्रेड युनियन एकठाउँमा बसेर सरकारसंग समस्या समाधानका लागि लाग्नुपर्ने बताउँदै अध्यक्ष कुँवरले ट्रेड युनियन कानून तत्कालै संशोधन गर्नु आवश्यक छ भन्नुभयो ।