images
images

`वैदेशिक रोजगारीमा ठगी`प्रकाशित तथा प्रशारित समाचारप्रति श्रम मन्त्रालयको गम्भीर ध्यानाकर्षण [विज्ञप्ति सहित ]

काठमाडौं- केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा “वैदेशिक रोजगारीमा ठगी” विषयमा प्रकाशित तथा प्रशारित समाचारप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय गम्भीर ध्यानाकर्षण भएको छ।

शुत्रबार मन्त्रालयका सहायक प्रबक्ता / उपसचिव डम्बर बहादुर सुनुवार  द्वारा जारी विज्ञप्तिमा भनिएको छ `आकर्षक सेवा, सुविधाको प्रलोभन देखाई माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगल लगायतका युरोपियन श्रम गन्तव्य मुलुकहरुमा रोजगारी दिने वाहानामा लाखौं रुपैयाँ ठगी गरेको सम्बन्धमा मन्त्रालयले सुक्षम अनुसन्धान गरिरहेको  जनाएको छ।

यस्तै मन्त्रालयले `कोही कसैले ठगी गर्ने उद्देश्यले प्रभावमा पारेमा सम्बद्ध निकाय मार्फत सूचना दिई अनधिकृत रुपमा वैदेशिक रोजगारीको आवरणमा हुने सबै प्रकारका ठगीलाई निरुत्साहित गर्न सहयोग तथा सहकार्यका लागि समेत मन्त्रालय सबैमा अनुरोध गर्दछ’ ।

यस्तै  विज्ञप्तिमा भनिएको छ इजाजतप्राप्त संस्था मार्फत वैदेशिक रोजगारमा जाँदा आफू जान चाहेको मुलुक, कामको विवरण, तलव सेवा सुविधा, आवश्यक सीप तालिमबारे जानकारी राख्न अनुरोध गरेको छ । ‘रोजगारदाताले तोकेको सेवा शुल्क वा फ्री भिषा फ्री टिकटको बारेमा सम्बन्धित इजाजतप्राप्त संस्थामा आफैं उपस्थित भई वा वैदेशिक रोजगार विभागमा सम्पर्क गरी यकीन गरेर मात्र रोजगारीमा जान सम्बन्धित सबैमा अनुरोध गरिएको  छ’।

मन्त्रालयले विभागमा दर्ता भएका इजाजतप्राप्त संस्थामार्फत वा उच्च दक्ष कामदारहरुले व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जाँदा अन्य कोही अनधिकृत व्यक्ति वा संस्था एवम् सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण गरेको सूचनाको आधारमा नभई विभाग वा सम्बन्धित संघसंस्था तथा रोजगारदातासँग सिधा सम्पर्क र समन्वय गरेर जान मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले सबै मा सचेत हुन अग्रह गर्दै `असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न अनुरोध समेत गरिएको छ´ ।’