घट्यो बैंकहरूको आधार दर, ब्याजदर ९.९५ देखि १५.८३ प्रतिशतसम्म

कात्तिकमा वाणिज्य बैंकहरूको औसत आधारदर सामान्य घटेको छ।

हालसम्म १३ बैंकहरूले आधार दर सार्वजनिक गरेका छन्। बैंकहरूको औसत आधार दर १०.१२ प्रतिशतबाट घटेर १०.१ प्रतिशत भएको छ।

यी १३ मध्ये ९ वटा वाणिज्य बैंकको आधार दर घटेको छ भने दुई वटाको वृद्धि भएको छ। बाँकीको स्थिर छ।

एनआइसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले निक्षेपको ब्याजदर बढाएको कारण आधार दर केही वृद्धि भएको हो।
यससँगै कर्जाको ब्याजदर न्यूनतम ९.९५ देखि १५.८३ प्रतिशतसम्म कायम भएको छ।

बैंकहरूले कर्जामा अधिकतम १२ प्रतिशतदेखि १५.८३ प्रतिशतसम्म ब्याजदर लिने भएका छन्। बैंकहरूले कर्जामा आधार दर सहित एकदेखि पाँच प्रतिशतसम्म प्रिमियम तोकेका छन्।

राष्ट्र बैंककाअनुसार गत भदौसम्ममा भने बैंकहरूको कर्जाको औसत ब्याजदर १२.२३ प्रतिशत छ। यस्तो औसत ब्याजदर १३.०३ प्रतिशतसम्म पुगेको थियो।

बैंकहरूले कात्तिकको लागि निक्षेपको अधिकतम ब्याजदर थप घटाएका छन्। यसले मंसिरमा बैंकहरूको आधार दर थप घट्नेछ।

कात्तिकको लागि ब्याजदर सार्वजनिक गरेका २० वाणिज्य बैंकमध्ये दुई वटाले बाहेक सबैले मुद्दती निक्षेपको माथिल्लो सीमा घटाएका छन्।

बैंकहरूले कात्तिकमा राखिने मुद्दती निक्षेपमा अधिकतम ११.००३ प्रतिशतसम्म ब्याजदर दिने भएका छन्। असोजमा बैंकहरूले मुद्दती निक्षेपमा अधिकतम ११.०५ प्रतिशत ब्याजदर दिएका थिए।

बैंक कात्तिक लागि आधार दर कर्जाको अधिकतम ब्याजदर असोजको  लागि आधार दर
सानिमा बैंक ९.९२ १२.४२ १०.०६
एनएमबी बैंक ९.८५ १४.८५ १०.०८
नेपाल एसबिआइ बैंक १०.२५ १५.२५ १०.४२
कुमारी बैंक १०.९४ १५.४४ १०.९४
सिटिजन्स बैंक १०.६८ १५.६८ १०.६८
लक्ष्मी सनराइज बैंक १०.८३ १५.८३ १०.८५
माछापुच्छ्रे बैंक १०.०१ १४.०१ १०.२८
एनआइसी एशिया बैंक १०.९६ १३.९६ १०.७६
ग्लोबल आइएमइ बैंक १०.०७ १५.०७ १०.१
सिद्धार्थ  बैंक ९.७१ १४.२१ ९.८३
राष्ट्रिय वाणिज्य बैंक ८.७ १२ ८.३२
नेपाल इनभेष्टमेन्ट मेगा बैंक ९.७९ १४.७९ ९.६७
नेपाल बैंक ९.६५ १४.६५