images
images

रबि लामिछानेको नेतृत्वमा रहेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले मोबाइल एपबाट खुल्दा प्रारम्भिक निर्वाचनको अभ्यास गरेको छ।

वीरेन्द्रनगर : रबि लामिछानेको नेतृत्वमा रहेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले खुल्दा प्रारम्भिक निर्वाचनको अभ्यास गरेको छ। पार्टीले संघीय समानुपातिक जनताबाट प्रत्यक्ष निर्वाचनको अभ्यास गरेको हो। यो अभ्यास गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले मोबाइल एप प्रयोग गरेको पार्टीका प्रवक्ता डा. मुकुल ढकालले नेपाल पोललाई जानकारी दिए।

ढकालले भने हामीले पार्टीको आन्तरिक लोकतन्त्रमात्र नभएर मुलुककै लोकतन्त्रको विकाशका लागि नेपाली राजनीतिमा खुल्ला प्रारम्भिक निर्वाचन (Open Primary Election) को प्रयोग गरिरहेका छौँ। उनले भने हामीले भन्नै पर्छ एप प्रयोगमा केहि प्राबिधिक अफ्ठ्याराहरुको सामना गर्नुपर्यो यसमा हुन गएका असुविधा प्रति क्षमा याचना गर्दछौँ। प्रारम्भिक निर्वाचनको प्रक्रिया नेपाली राजनीतिमा यो पहिलो हो यो स्थापित हुनेछ भन्नेमा पार्टीको विश्वास छ।

नागरिकले अनलाइन मार्फत उम्मेदवार छनोट गर्ने सक्ने प्रविधि तयार पार्नु चुनौतीपूर्ण भएता पनि राष्ट्रिय स्वतन्त्र पार्टीको प्रारम्भिक निर्वाचनको अभ्यास भने सकारात्मक देखिएको छ। प्रवक्ता डा. ढकालका अनुसार यसरी निर्वाचनको अभ्यास गर्दा मोबाइल एपबाट अनलाइनमार्फत गरिने भोटिङलाई साधनका रुपमा प्रयोग गरिएको थियो।

प्रवक्ता ढकालद्वारा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको विज्ञप्तिमा भनिएको छ– समयानुकुल साधनहरुको प्रयोगबाट मात्रै लोकतन्त्रको पूर्ण प्रयोग सम्भव छ अहिले प्रचलनमा रहेको मोबाइल एपबाट गरिने भोटिङलाई प्रारम्भिक निर्वाचनका लागि साधनका रुपमा प्रयोग गरियो। अन्य साधनहरुमा प्राकृतिक रुपमा नै हुन सक्ने कमजोरी र सिमितताहरु निर्वाचनका क्रममा पनि देखिए यसबाट पर्न गएको असुविधाका लागि माफी चाहान्छौँ।

निर्वाचनको यो अभ्यासबाट राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको आकर्षण र विश्वासको पुष्टि मात्र नभई पार्टीहरूको उम्मेदवारी छनोटमा लोकतान्त्रिक हस्तक्षेपको उदाहरण समेत प्रस्तुत गरिएको विज्ञप्तिमा लेखिएको छ । नतिजा हेर्नुहोस