images
images

लेखा समितिले एनसेलको शेयर खरिद-विक्री प्रक्रिया रोक्ने देखी सरकार सङ ४८ घन्टाभित्र जवाफ माग्ने निर्णय

काठमाडौँ-सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद-विक्री प्रक्रिया रोक्ने निर्णय गरेको छ।

सिंहरबारस्थित समिति सचिवालयमा बुधबार बसेको समितिको बैठकले यो निर्णय गरेको हो।

समितिले यो प्रकरणको छानबिन ३० दिनभित्र सक्न पनि सरकारलाई निर्देशन दिने निर्णय गरेको छ।

संसदको सार्वजनिक लेखा समितिले ऐनसेल खरिद–विक्री प्रकरणमा औपचारिक रुपमा बाहिरीएको आजियटा कम्पनीको अभिव्यक्तिको जवाफ सरकारसँग माग्ने भएको छ।

आजियटाले नेपालको सेयर बेचेर बाहिरीने क्रममा नेपालमा लगानीको उपयुक्त वातावरण नभएको बताएको थियो। नेपालमा लगानी गर्न झन्झटिलो भएको भनेर दिएको आजियटको प्रतिक्रियाबारे समितिले सरकारसँग ४८ घन्टाभित्र जवाफ माग्ने निर्णय गरेको हो।

समितिले दूरसंचारसँग सम्बन्धी कानुनमा देखिएका छिद्रताबारे संसदको आगामी अधिवेशनमा ऐन संशोधनको लागि विद्येयक ल्याउन सरकारलाई निर्देशन दिएको छ।

साथै एनसेल खरिद–विक्री प्रकरणबारे समितिले प्रधानमन्त्रीसँग पनि जवाफ माग्ने भएको छ। समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छलफलमा बोलाएर जवाफ माग्ने तयारी गरेको समिति सभापति ऋषिकेश पोख्रेलले जानकारी दिए।