नेपाल–भारत सीमा विवाद 

-नेपाल–भारत सीमा विवादको विषयमा खुलेरै छलफल भएको बताएका छन्। आफूले सीमा समस्या समाधान नभए नेपाल–भारत सम्बन्ध सहज नहुने बताएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समस्या समाधानका लागि प्रतिबद्धता जनाएको बताए।

उनले भने, ‘सीमा विवादको विषयमा खुलेरै कुरा भयो। सीमा समस्या समाधानको उपाय खोज्न पर्‍यो, नभए नेपाल–भारत सम्बन्ध सहज हुन्न भनेपछि मोदीजीले हुन्छ भन्नु भयो। सीमा समस्या समाधानबारे उहाँको प्रतिबद्धता छ।’

ईपीजीको विषयमा मैले आफ्नो तर्फबाट कुरा राखेको छु:

प्रधानमन्त्री प्रचण्डले ईपीजीकै कुरा धेरै उचालेर आर्थिक र द्विपक्षीय सहयोगका अरु क्षेत्रमा भएको परिणाममुखी वातावरण बिगार्न नचाहेको बताएका हुन् ।

‘ईपीजी हामी सबैको चासोको कुरा हो, मैले आफ्नो ढङ्गले कुरा नगरेको छैन, आफ्नो ढङ्गले कुरा गरेको छु, तर यो विषयलाई बढी उचालेर आर्थिक र द्विपक्षीय सहयोगको क्षेत्र विस्तारको जो परिणाममुखी वातावरण बनेको बिगार्नु उचित थिएन । यो सबै गर्दै गएपछि ईपीजी पनि लिने काम हुन्छ । जुन विश्वासको वातावरणमा प्रधानमन्त्री मोदीसँग कुरा भएको छ, त्यो वातावरणलाई सहज बनाउँदै लैजाँदाखेरि सबै चिज हुँदै जान्छ ।’