images
images

आयुर्वेद चिकित्सालय, नरदेवीलाई ‘कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार’

काठमाडौँ ।  ‘कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार–२०७९’ आयुर्वेद चिकित्सालय, नरदेवी काठमाडौँलाई प्रदान गरिएको छ ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको ४१ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रु दुई लाख राशिको सो पुरस्कार प्रदान गरे ।

त्यसैगरी दुई लाख राशिको ‘प्रकृति संरक्षण पुरस्कार’ पक्षी संरक्षण सङ्घ, लाजिम्पाट, काठमाडौँलाई, एक लाख राशिको ‘विज्ञान पुरकार’ डा.नवल श्रेष्ठ (विराटनगर) लाई र रु एक लाख राशिको ‘प्रविधि पुरस्कार’ डा बालकृष्ण बल (भोजपुर) लाई प्रदान गरिएको छ ।

‘विज्ञान तथा प्रविधि युवा पुरस्कार’ डा सुप्रिया शर्मा, डा देवराज अधिकारी र डा मुक्तिराम पौडेललाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु ७५ हजार रहेको छ । त्यसैगरी रु ७५ हजार राशिको ‘महिला विज्ञान तथा प्रविधि पुरस्कार’ डा.शान्ता पोखरेल, ५० हजार रासीको ‘प्रज्ञा–प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार’ डा.भूपेन्द्र दास र डा.गोकर्णजङ्ग थापालाई र रु ५० हजार राशिको ‘विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार’ पत्रकार अतुल मिश्रलाई प्रदान गरिएको । प्रतिष्ठानले अन्य विभिन्न विद्याका पुरस्कारसमेत प्रदान गरेको छ ।