images
images

एनसेल खरिद–बिक्री प्रकरण:सरकारबाट समिति बनाएर अध्ययन गर्ने कुरा बेकारको नाटकः रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल खरिद–बिक्री प्रकरणमा सरकारबाट समिति बनाएर अध्ययन गर्ने कुरा बेकारको नाटक भएको आरोप लगाएका छन्।

पार्टी केन्द्रीय कार्यालय बालाजुमा बुधवार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग उनले एनसेलमा गैरकानुनी काम भएको भए तत्काल कारबाही गर्नुपर्ने बताए।

उनले एनसेल प्रकरणमा कैयौँ राजनीतिक दलको संलग्नता हुने आशंका व्यक्त गरे। उनले एनसेलले कर नतिरेको भए तत्काल कारबाही गर्नुपर्ने बताए। उनले गैरकानुनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने नभई कर छल्ने मानिसलाई पक्राउ गर्नुपर्ने बताए।

उनले कर छलीलगायत विभिन्न गैरकानुनी काममा बृहत् अनुसन्धान गर्नुपर्ने पनि बताए। उनले एनसेल खरिदबिक्री प्रकरणबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले दिएको अभिव्यक्ति प्रतिक्रिया दिन लायक नभएको बताए।

यसैबीच, रास्वपाको सचिवालय बैठकले प्रवास नेपाली सम्पर्क विभागको कार्यविधि पास गरेको छ। रास्वपाले नयाँ चयन भएका केन्द्रीय सदस्यहरूलाई हिजो बुधबार  शपथग्रहणसमेत गराएको छ।