images
images

लोसपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ।

बुधबार बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको शीर्ष नेताहरुको छलफलले मंसिर २४ र २५ गते काठमाडौँमा केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको लोसपाका सचिव मनिष मिश्रले बताए ।

राष्ट्रिय सभाको चुनाव, केन्द्रीय समिति विस्तार, महाधिवेशन, भातृ संगठन गठनलगायतका  बैठकमा छलफल हुने उनले बताए ।

असोजमा केन्द्रीय समिति घोषणा भएपछि लोसपाको यो पहिलो बैठक हो । २०७८ मा जनता समाजवादी पार्टीबाट अलग भएर महन्थ ठाकुरले लोसपा नेपाल गठन गरेका थिए । लामो गृह कार्य गरेपछि २०८० असोजमा ३११ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको थियो ।