images
images

प्रधानमन्त्री दाहाल र वरिष्ठ अमेरिकी अधिकारी लाउबाचरबीच भेटवार्ता

काठमाडौं- नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्‌की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएकाे छ।

दुवैबीच बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएकाे हाे।

भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

अमेरिकी अधिकारी लाउबाचरले बुधबार प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेकी थिइन्। उनी एयर इन्डियाको उडानबाट बुधबार बिहान काठमाडौं आइपुगेकी हुन्।