images
images

स्पेक्ट्रलाइट युके प्रतिष्पर्धाबाट छानिएको हो: एनसेल

काठमाडौँ-  एनसेलले आफ्नो ८० प्रतिशत सेयरको स्वामित्व प्रतिष्पर्धाहरुबाट छानिएको स्पेक्ट्रलाइट युके लिमिटेडलाई दिइएको बताएको छ।

 

एनसेलले बुधबार जारी गरेको विज्ञप्तिअनुसार प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएर स्पेक्ट्रलाइट युके लिमिटेड छानिएको हो।

गत सेप्टेम्बरमा दर्ता भएको स्पेक्ट्रलाइट युकेका सञ्चालक सतिषलाल आचार्यले प्रतिष्पर्धीहरुमध्येबाट पहिलो भएर आफ्नो कम्पनी छानिएको बताएका हुन्।

एनसेलले कुनै कर तिर्न बाँकी रहे नेपालको कानुनअनुसार पालना गर्न प्रतिबद्ध रहेको पनि विज्ञप्तिमार्फत जानकारी दिएको छ।

आवश्यक सहमतिका लागि एनसेलले दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेको पनि एनसेलले जानकारी गराएको छ। एनसेलका अनुसार सेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र बिक्रेतामार्फत निर्धारण गरिएको हो। एनसेलले भनेको छ-  ‘यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीले निश्चित समयावधीभित्र प्राप्त गर्नेछ।’