पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशलाई बदर गर्दैै उच्च अदालत पाटनले ६ जनालाई धरौटी र एक जनालाई साधरण तारिखमा रिहा गर्न आदेश दिएको थियो।

उच्चले अदालतले शुक्रबार धरौटीमा रिहा गर्न भने उनीहरुविरुद्ध सम्पत्ति शुद्धिकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत अनुसन्धानमा रहेकाले ती निकायबाट पनि कागजात मिलाएर छुटेका हुन्। उनीहरुले विभागमा छुट्टै धरौटी राखेका छन् भने अख्तियारले भने बोलाएको बेला उपस्थित हुने शर्तमा छाडेको स्रोतले जानकारी दियो।

विभागमा कसले कति धरौटी बुझाए भन्ने खुलेको छैन।

उच्चले साधारण तारिखमा छोड्न भनेका आशिष बुढाथोकी र धरौटीमा रिहा गर्न भनेका प्रतिवादीहरु सन्दीप रायमाझी, नरेन्द्र केसी, शमशेर मियाँ, रामशरण केसी र हरिभक्त महर्जन प्रक्रिया पूरा गरेर छुटेको केन्द्रीय कारागारका प्रमुख ललित बस्नेतले जानकारी दिए।

उच्चले पूर्वउपप्रधान टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३० लाख, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ र नरेन्द्र केसीसँग १०÷१० लाख, रामशरण केसी र हरिभक्त महर्जनसँग १५÷१५ लाख धरौटी माग गरेको थियो।

१५ लाख धरौटी माग गरिएको टेकनाथ रिजालले भने बिहीबारसम्म धरौटी बुझाउन नगएको जिल्ला अदालत काठमाडौँमा जनायो। उनीसँग पैसा नभएकाले धरौटी राख्न नसकिएको बुझिएको छ।