images
images

भरतपुर भ्रमण वर्ष लाई लक्षित गर्दै चीनबाट साइडबोट उपकरण उपलब्ध

भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै चीनबाट साइडबोट उपकरण उपलब्ध भएको छ ।

मित्र राष्ट्र चीनको सिआन सिटीका प्रतिनिधिले बिहीबार महानगरपालिका आई पर्यटकीय पूर्वाधार साईडबोट उपलब्ध गराएका हुन्।

साइबोट भनेको एआई प्रविधि जडित तस्वीर र दृश्य कैद गर्ने उच्चस्तरीय क्यामरा हो । यो उपकरणलाई चीनको सिआनबाट आएको टोलीले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई हस्तान्तरण गरेको थियो । यो उपकरणले १० किलोमिटर टाढाका दृश्य सजिलै कैद गर्न सक्छ । एआई उपकरणको सहयोगले कुनै पनि दृश्यको बारेमा सजिलै जानकारी दिन सक्ने निर्माण कम्पनीले जनाएको छ । यसले आँखाले नदेख्ने दृश्यलाई पनि सजिलै कैद गर्न सक्छ ।

भ्रमण वर्षमा आउने पर्यटकले यो उपकरणको प्रयोगबाट लाभ लिन सक्ने छन् । कम्पनीका अनुसार भरतपुरको पर्यटकीय गतिविधि यो उपकरणको सहयोगबाट विश्वभर भरतपुरको प्रसारप्रसार गर्न सकिन्छ । भरतपुरमा प्रमुख ७ पर्यटकीय गन्तव्यसहित ३ दर्जन पर्यटकीय स्थानहरु रहेका छन् ।