images
images

तीन संसदीय समितिको बैठक बस्दै

आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ, जसअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ। बैठकमा समसामयिक विषयमा छलफल हुने छ।

त्यस्तै  दिउँसो साढे २ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा परराष्ट्रमन्त्रीसँग छलफल र प्रस्तावित राजदुतको सुनुवाइ हुने छ। त्यस्तै बिहान साढे १० बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० मा दफावार छलफल हुने छ।