images
images

रेड्मी १२ सीः भ्यालु र पर्फर्मेन्सको उत्कृष्ट संयोजन

रेड्मी १२ सीमा भ्यालु र पर्फर्मेन्सको उत्कृष्ट संयोजन रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार रेड्मी १२ सीले नेपाली स्मार्टफोन बजारलाई अर्को तहमा पुर्‍याउन सफल भएको छ।

स्मार्टफोनले उत्कृष्ट सुविधाहरूका साथमा प्रयोगकर्तालाई प्रिमियम अनुभव प्रदान गर्ने जनाएको छ। कम्पनीका अनुसार रेड्मी १२ सीको ३ जीबी +३२ जीबी भेरियन्टको सुरु मूल्य १३ हजार चार सय ९९ रूपैयाँ, ४ जीबी + ६४ जीबी भेरियन्टका १४ हजार चार सय ९९ रूपैयाँ ६ जीबी+१२८ जीबी भेरियन्टका १६ हजार नौ सय ९९ रूपैयाँमा पाइनेछ।

यसका साथै रेड्मी १२ सीको बेस भेरियन्टमा ग्राहकले एकै साथ धेरै एपहरू बिनारोकाबाट सहज मल्टिटास्किङ गर्न सक्ने, फोटो, भिडियोहरू र अन्य डेटा भण्डारण गर्न पर्याप्त स्पेस प्रदान गर्ने लगायतका उत्कृष्ट विशेषताहरू रहेको कम्पनीले जनाएको छ।