images
images

नागढुंगामा प्रहरी र स्थानीयबीच झडप, वडाध्यक्षसहित ८ जना पक्राउ

काठमाडौ । नागढुंगामा अवरूद्ध सडक खुलाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ।

शुक्रबार ट्रकको ठक्करबाट स्कुटरमा सवार स्थानीय महिलाको उपचारको क्रममा मृत्यु भएपछि शनिबार बिहानदेखि स्थानीयले सडक अवरूद्ध गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुसार झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फका केही घाइते भएका छन्।

प्रहरीले चन्द्रागिरी नगरपालिका-२ का वडाध्यक्ष भाइकृष्ण तामाङसहित ८ जनालाई नियन्त्रणमा लिएको छ

शुक्रबार दिउँसो ३ बजे चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोटमा कलंकीबाट नागढुंगा जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोही तर्फ जाँदै गरेको प्र ३-०१-००६ ख १३०८ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट स्कुटरमा सवार चन्द्रागिरी २ नागढुंगा बस्ने ४० वर्षीय  श्रीधर भूर्तेल र उनकी श्रीमती अस्मिता भण्डारी गम्भीर घाइते भएका थिए।

उनीहरूलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्मिताको शुक्रबार अपराह्न साढे ४ बजे उपचारकै क्रममा मृत्यु भएको थियो।