images
images

गृहमन्त्री श्रेष्ठ डिस्चार्ज

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ डिस्चार्ज भएका छन् ।

गत मंगलबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका उनी आज डिस्चार्ज भएका हुन्। गृहमन्त्री श्रेष्ठको स्वास्थ्यअवस्था सामान्य रहेको अस्पताललाई उदृत गर्दै गृह मन्त्रालयलले जनाएको छ ।

नियमित स्वास्थ्य परीक्षणका निम्ति त्यहाँ पुगेका उनलाई डा.अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको थियो।

यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उनको उपचार गरिएको थियो ।

विज्ञप्ति: