images
images

अमरेशलाई दीपशिखाको चेतावनी: एनसेलबारे प्रमाण सार्वजनिक नगरे नाङ्गै दौडाउन पाइ कि नपाई?

स्वतन्त्र सांसद अमरेशकुमार सिंहलाई एनसेलसँगको मिलेमतोमा प्रधानमन्त्री र उनकी छोरीको संलग्नता रहेको दाबीलाई प्रमाणसहित  एक हप्ताभित्र सार्वजनिक गर्न माओवादी नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले चुनौती दिएका छन्। माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं वाइसिएल इन्चार्ज समेत रहेका दीपशिखाले  ‘प्रमाणसहित सार्वजनिक नगरे नाङ्गै पारेर दौडाउन पाइ कि नपाई? भन्दै प्रश्न गरेका छन्।

‘माननीय ज्यू, प्रमाणसहित हप्तादिनभित्र सार्वजनिक गर्नुभएन भने तपाईँलाई सडकमा नाङ्गै पारेर दौडाउन पाई कि नपाई? स्वतन्त्र सांसद अमरेश कुमारसिंहको स्टाटस सेयर गर्दै उनले टिप्पणी गरेका छन्।

सांसद  अमरेशकुमार सिंहले केही दिन अघि ‘प्रधानमन्त्री छोरी तथा स्वकीय सचीव गङा दहालले कुन–कुन व्यापारी सङ कुन–कुन मामिलामा कति रकम बुझेका छिन त्यो सबै प्रमाण म सङ सुरक्षीत छ। समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु।’ भन्दै सामाजिक सञ्जालमा आफ्नो स्टाटस राखेका थिए।