images
images

रातदिन सरकार ढाल्ने र गठबन्धन तोड्ने कसरत : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्ने कसरत भइरहेको आरोप लगाएका छन्।

नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित प्रेस सेन्टरको कार्यक्रममा उनले गठबन्धन तोड्ने र सरकार ढाल्ने प्रयास भइरहेको बताएका हुन्।

‘अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने केके भन्ने त रातदिन एकथरीको खेल कसरत भइ नै रहेको छ’, उनले भने, ‘तर मैले हेर्दा र गठबन्धनका बैठकहरु सबै गर्दा केही हुनेवाला छैन। यो गठबन्धन पूरै अवधि जान्छ।’

प्रचण्डले आफ्नो सरकारको एक वर्षको समीक्षा गर्ने र अर्को एक वर्षका लागि नयाँ रणनीति बनाउने योजना पनि सुुनाए।