images
images

संसदीय दलको बैठकमा संसदीय दलको विधान सम्बन्धमा छलफल

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको विधान सम्बन्धमा छलफल गरेको छ ।

सोमवार काठमाडौंमा बसेको संसदीय दलको बैठकमा संसदीय दलको विधान सम्बन्धमा छलफल भएको प्रमुख सचेतक सन्तोष परियारले बताए। उनले बैठकमा संसदको आगामी अधिवशेनको सम्बन्धमा तयारीबारे पनि छलफल भएको बताए।

उनले भने, ‘हाम्रो दुई वटा एजेण्डा थिए । एउटा संसदीय दलको विधान सम्बन्धमा र अर्को संसदको आगामी अधिवशेनको सम्बन्धमा तयारी के गर्ने कस्तो तयारी गर्ने भन्ने सन्दर्भमा छलफल गरेका छौँ।’

बैठकमा अन्य समसामयिक राजनीतिका बारेमा पनि छलफल भएको छ ।