images
images

सामाजिक सुरक्षा कोषले देशभरका ७१ वटा अस्पतालसँग अनलाइन सम्झौता : सेवाग्राहि कस्तो सुबिधा पाउँछन् [ बिस्तृतमा]

काठमाडौं : सामाजिक सुरक्षा कोषले योगदानकर्ताको उपचारका लागि देशभरका ७१ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । नियमित योगदानकर्ताले कोशी प्रदेशका १५, मधेश प्रदेशका १२, बागमतीका २८, गण्डकीका ८ र लुम्बिनी प्रदेशका ८ वटा गरी ७१ अस्पतालसँग सम्झौता भएको कोषका प्रवक्त रोहित रेग्मीले जानकारी दिए ।

हालै सम्झौता भएको अस्पतालबाट योगदानकर्ताले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सेवा लिँदा २० प्रतिशत मात्र खर्च ब्येहोर्नुपर्ने उनको भनाइ छ ।

सम्झौता भएका ७१ अस्पताल

कोशी प्रदेश

१. मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल– बिर्तामोड, झापा

२. बी एन्ड सी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल– बिर्तामोड, झापा

३. आम्दा मेची अस्पताल,धुलाबारी झापा

४. लाइफ लाइन अस्पताल, दमक झापा

५.आम्दा अस्पताल, दमक झापा

६.अरनिको हस्पिटल प्रालि,उर्लाबारी मोरङ

७. न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटि हस्पिटल , विराटनगर,मोरङ

८. रामलाल गोल्छा आँखा अस्पताल,हाम्रो अस्पताल– विराटनगर, मोरङ

९.मोरङ सहकारी अस्पताल– सोमबारे हाट, विराटनगर, मोरङ

१०.हाम्रो अस्पताल प्रा.लि विराटनगर मोरङ

११.नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल– विराटनगर, मोरङ

१२.विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल– टङ्की सिनुवारी,विराटनगर

१३.पशुपति मोडेल हस्पिटल प्रालि इटहरी

१४. इटहरी ग्लावल आइ हस्पिटल प्रालि इटहरी

१५.ओखलढुङ्गा सामुदायिक अस्पताल– ओखलढुङ्गा

मधेस प्रदेश

१६.छिन्नमस्ता अस्पताल, राजविराज सप्तरी

१७.जानकी हेल्थ केयर– जनकपुर, धनुषा

१८. शुभ स्वस्तिक अस्पताल– बर्दिबास, महोत्तरी

१९.नमुना सामुदायिक अस्पताल– हरिवन, सर्लाही

२०.स्पर्श अस्पताल– वीरगन्ज, पर्सा

२१.वीरगन्ज हेल्थ केयर अस्पताल– वीरगन्ज, पर्सा

२२.नेसनल मेडिकल कलेज– वीरगन्ज, पर्सा

२३.गण्डक अस्पताल– वीरगन्ज, पर्सा

२४.प्रभु अस्पताल , वीरगन्ज

२५.किरण आँखा अस्पताल– वीरगन्ज, पर्सा

२६.वीरगन्ज दृष्टि आँखा अस्पताल ,वीरगन्ज पर्सा

२७.एल.एस न्युरो एन्ड जनरल हस्पिटल,बारा

बाग्मती प्रदेश

२८. चुरे हिल अस्पताल प्रालि, हेटौडा मकवानपुर

२९. मकवानपुर सहकारी अस्पताल, हेटौडा

३०.कलेज अफ मेडिकल साइन्स -पुरानो मेडिकल कलेज ,भरतपुर १०

३१.चितवन मेडिकल कलेज टिचिङ हस्पिटल– भरतपुर, चितवन

३२.मनकामना अस्पताल, भरतपुर १०

३३. शिर मेमोरियल अस्पताल– बनेपा, काभ्रे

३४.धुलिखेल अस्पताल,काभ्रे

३५. वीर अस्पताल– काठमाडौँ

३६.राष्ट्रिय ट्रमा सेन्टर ,काठमाडौँ

३७.त्रिवि शिक्षण अस्पताल– महाराजगन्ज, काठमाडौँ

३८.सहिद गंगागाल राष्ट्रिय मुटु केन्द्र, महाराजगन्ज काठमाडौँ

३९.हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल– चाबहिल, काठमाडौँ

४०. मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल– स्वयम्भू, काठमाडौँ

४१.काठमाडौँ मेडिकल कलेज (केएमसी)– सिनामंगल, काठमाडौँ

४२.ने.अ.सं. नेपाल अर्थोपेडिक अस्पताल– जोरपाटी, काठमाडौँ

४३.शंकरापुर अस्पताल– गोकर्णेश्वर, काठमाडौँ

४४.नेपाल मेडिकल कलेज प्रालि जोरपाटी अत्तरखेल

४५.एभरेस्ट अस्पताल– नयाँ बानेश्वर, काठमाडौँ

४६.तिलगंगा आँखा अस्पताल– तिलगंगा, काठमाडौँ

४७.दृष्टि आई केयर– कलङ्की, काठमाडौँ

४८.ए.एस.जी आँखा अस्पताल ,नयाँ बानेश्वर ,काठमाडौँ

४९.पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल– सोह्रखुट्टे, काठमाडौँ

५०.फ्रन्टलाइन हस्पिटल– पुरानो बानेश्वर, काठमाडौँ

५१. ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि चाबहिल काठमाडौँ

५२.पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)– ललितपुर

५३.मेघा अस्पताल प्रालि.धोबिघाट काठमाडौँ

५४.किस्ट मेडिकल कलेज एन्ड टिचिङ्ग अस्पताल, इमाडोल ललितपुर

५५.काठमाडौँ क्यान्सर सेन्टर– ताथली, भक्तपुर

गण्डकी प्रदेश

५६.देवचुली अस्पताल, नवलपुर

५७.ग्यालेक्सी अस्पताल– पोखरा, कास्की

५८.चरक मेमोरियल अस्पताल–पोखरा, कास्की

५९.मणिपाल टिचिङ्ग अस्पताल, पोखरा,कास्की

६०.गण्डकी मेडिकल कलेज एन्ड टिचिङ्ग हस्पिटल,पोखरा कास्की

६१.फेवा सिटी अस्पताल, पोखरा कास्की

६२.दृष्टि आँखा अस्पताल प्रालि, पोखरा कास्की

६३.मेडिप्लस अस्पताल रानीपौवा, पोखरा कास्की

लुम्बिनी प्रदेश

६४.युनिभर्सल कलेज अफ मेडिकल साइन्स– भैरहवा, रुपन्देही

६५.सिद्धार्थनगर सिटी हस्पिटल भैरहवा

६६.गौतम बुद्ध मुटु अस्पताल– बुटवल, रुपन्देही

६७.सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पताल, बुटवल

६८.क्रिमसन अस्पताल, तिलोत्तमा, रुपन्देही

६९.लर्डबुद्ध एजुकेसनल एकेडेमी (नेपालगन्ज मेडिकल कलेज)– नेपालगन्ज

७०.लर्डबुद्ध एजुकेसनल एकेडेमी लि. (नेपालगन्ज मेडिकल कलेज)– कोहलपुर , बाँके

७१. मितेरी अस्पताल, घोराही दाङ

सामाजिक सुरक्षा कोषबाट कस्ता–कस्ता सुविधा पाइन्छन् ?

(क) औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना (१ प्रतिशत)

१. योगदानकर्ता वा निजको पति या पत्नीको हरेक आर्थिक वर्ष १ लाख रुपैयाँसम्मको उपचार खर्च ।

२. तीन महिनासम्मको शिशुको उपचार खर्च ।

३. १० लाख रुपैयाँसम्मको घातक रोगको उपचार खर्च ।

४. योगदानकर्ता वा योगदानकर्ताकी पत्नी सुत्केरी भएमा एक महिनाको न्यूनतम पारिश्रमिक (हाल रु.१५,०००) बराबरको शिशु स्याहार खर्च ।

५. महिला योगदानकर्ता भए आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले बढीमा ३८ दिनसम्मको प्रसूति बिदा बापतको रकम ।

६. योगदानकर्ता बिरामी भई अस्पताल भर्ना भए उपचार गराउँदा वा डाक्टरको सिफारिसमा बेड रेस्टमा बस्दा वार्षिक अधिकतम १३ हप्तासम्मको बिदा बापतको रकम ।

(ख) दुर्घटना तथा अशक्तता सुरक्षा योजना (१.४ प्रतिशत)

१. कामको सिलसिलामा भएको दुर्घटना र व्यवसायजन्य रोगको सम्पूर्ण उपचार खर्च ।

२. अन्य दुर्घटनाको हकमा वार्षिक सात लाख रुपैयाँसम्मको उपचार खर्च ।

३. कामको सिलसिलामा हुने दुर्घटनाको कारण योगदानकर्ता अशक्त भएमा

(अ) स्थायी पूर्ण असक्षमता भए पारिश्रमिकको मासिक ६० प्रतिशत आजीवन । (मुद्रास्फीति समायोजनको व्यवस्था)

(आ) अस्थायी पूर्ण असक्षमता भए काममा नफर्किउन्जेल सम्मका लागि पारिश्रमिकको मासिक ६० प्रतिशत ।

(इ) स्थायी आंशिक असक्षमता भए असक्षमताको प्रतिशतका आधारमा पारिश्रमिकको ६० प्रतिशत रकमलाई शत प्रतिशत मानेर आजीवन । (मुद्रास्फीति समायोजनको व्यवस्था)

(ग) आश्रित परिवार सुरक्षा योजना (०.२७ प्रतिशत)

१. योगदानकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा निजको पति या पत्नीले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा भएको सम्पूर्ण रकम प्रतिफलसहित फिर्ता पाउने ।

२. मृतक योगदानकर्ताका बालबच्चा (२ जनासम्म) ले पारिश्रमिकको ४० प्रतिशत रकम १८ वर्ष उमेर नपुग्दासम्म मासिक रूपमा पाउने । अध्ययन निरन्तर भए २१ वर्षको हुँदासम्म पाउने तर शारीरिक वा मानसिक रूपमा असक्षम सन्ततिको हकमा उमेर हद लागू नहुने ।

३. योगदानकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा निजको पति या पत्नीले पारिश्रमिकको मासिक ६० प्रतिशत आजीवन । (मुद्रास्फीति समायोजनको व्यवस्था)

४. अविवाहित योगदानकर्ताको हकमा निजको आश्रित बाबु या आमाले सो सुविधा पाउने ।

५. योगदानकर्ताको अन्तिम संस्कार खर्चबापत एकमुस्ट रु. २५ हजार आश्रित परिवारले पाउने ।

(घ) वृद्ध अवस्था सुरक्षा योजना

१. निवृत्त भरण योजना (२० प्रतिशत)

(अ) योगदानकर्ताको उमेर ६० वर्ष पुगेपछि यस योजनामा जम्मा भएको प्रतिफलसहितको रकमलाई १६० ले भाग गरी आउने रकम मासिक रूपमा आजीवन निवृत्त भरण । (मुद्रास्फीति समायोजनको व्यवस्था)

(आ) निवृत्त भरण लिन सुरु गरेको १८० महिना नपुग्दै मृत्यु भएमा निजको पति वा पत्नीले ५० प्रतिशत रकम आजीवन निवृत्त भरणबापत पाउने ।

२. अवकाश सुविधा योजना (८.३३ प्रतिशत अनिवार्य र स्वैच्छिक)

(अ) अन्य अवकाश कोषमा भएको रकम हस्तान्तरण भई आएमा यसै योजनामा जम्मा हुने ।

(आ) योगदानकर्ताले स्वैच्छिक रूपमा जम्मा गर्न चाहेमा रकम जम्मा गर्न सक्ने ।

(इ) सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ३ गुणाभन्दा बढी रकम निवृत्त भरण सुविधा योजनामा जम्मा हुने भएमा बढी भए जति रकम अवकाश सुविधा योजनामा जम्मा गर्न सकिने ।

(ई) रोजगारीको अन्त्य हुँदा वा अवकाश हुँदा यस योजनामा जम्मा भएको रकम प्रतिफलसहित भुक्तानी पाउने ।

(उ) योगदानकर्ता यस योजनाको रकमबाट जम्मा गरेको ३६ महिना पूरा भएपछि अधिकतम ८० प्रतिशतसम्म सापटी सुविधा पाउने ।

कर छुट सुविधा

१. करयोग्य आयको एक तिहाइ वा ५ लाखमध्ये जुन कम हुन्छ, त्यो रकम सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताले कोषमा जम्मा गरेमा आयकर प्रयोजनका लागि घटाउन पाउने ।

२. कोषमा योगदान गर्ने योगदानकर्तालाई सामाजिक सुरक्षा कर छुट हुने ।