images
images

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए पदबाट राजीनामा

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् ।

मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएको मन्त्री रमेश रिजालले कान्तिपुर टेलिभिजनलाई जानकारी दिए । मन्त्री रिजालले भने, ‘उहाँ (उमेश थानी) ले राजीनामा बुझाएर जानुभएको छ ।’

थानी खुला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीनवर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए । उनको राजीनामाको कारण भने खुलाइएको छैन ।

थानीले निगममा २१ महिना कार्यसम्पादन गरे । उनले कार्यकाल सकिनुभन्दा १५ महिनाअगावै पदबाट राजीनामा दिएका हुन् ।