images
images
images

नक्कली कागजात बनाएर विदेश पठाएको आरोपमा नेपाल एयरलाइन्सका अधिकृत पक्राउ

काठमाडौँ – नक्कली कागजपत्र बनाएर विदेश पठाएको आरोपमा नेपाल एयरलाइन्सका एक अधिकृतलाई पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले एयरलाइन्सका अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरेको हो।

नक्कली कागजातका आधारमा भिजिट भिषा बनाएर पठाउने काममा पोखरेलको संलग्नता देखिएको प्रहरीको दाबी छ।

उजुरी परेपछि नक्कली कागजात बनाउनेहरुलाई प्रहरीले धमाधम समाउन थालेको छ।