images
images

खोटाङबाट फोन गरी ओलीले प्रधानमन्त्री प्रचण्डलाई दिए जन्मदिनको शुभकामना

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् । मध्य पहाड यात्राका क्रममा खोटाङको दिक्तेल पुगेका ओलीले आज साँझ त्यहाँबाट प्रधानमन्त्रीलाई फोन गरेका हुन् ।

आज प्रधानमन्त्री प्रचण्डको जन्मदिन हो । यसैको शुभकामना दिन ओलीले प्रचण्डलाई फोन गरेका हुन् । ओलीले सामाजिक सञ्जालमा यसअघि प्रचण्डको निजी निवास खुमलटारमा दुई नेताबीच भएको भेटको तस्वीरसमेत पोस्ट गरेका छन् ।

उनले तस्वीरसँगै लेखेका छन्, ‘आज रामेछाप, सिन्धुली, ओखलढुङ्गा र खोटाङ गरी हाम्रो यात्रा चार जिल्ला पार गर्‍यो। दिनभर व्यस्त थिएँ । साँझ दिक्तेल आएपछि प्रधानमन्त्री तथा मेरा मित्र पुष्पकमल दाहाल प्रचण्डसँग फोनमा कुरा भयो । उहाँको आज जन्मदिन, जन्म दिनको शुभकामना ।’