images
images

शिक्षाले मात्रै मानिसलाई न्यायको पक्षमा उभिन सक्ने बनाउने संघिय सांसद एकनाथ ढकालको भनाइ

काठमाडौ । गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका वडा नं ८ महादेबटारमा रहेको जिल्लाकै एक पुरानो बिद्यालय श्री जागेश्वर उच्च माध्यमिक बिद्यायको ४८ औं अभिभावक दिवस तथा बार्षिक उत्सब कार्यक्रम सम्पन्न गरिएको छ मङ्गलबार संधिय सांसद तथा पूर्व मन्त्री एकनाथ ढकालले पानसमा दिप प्रज्वलन गरेर बिधालयको बार्षिक उत्सवको उद्घाटन गरे ।

बार्षिक उत्वसमा बोल्दै प्रमुख अतिथि संघिय सांसद एकनाथ ढकालले संसदमा बिचाराधिन अवस्थामा रहेको शिक्षा बिधेयकलाई तत्काल पारित गर्न पहल गर्ने बताए । उनले बिद्यालयलाई राजनीतिक वाट मुक्त र प्रबिधि मैत्री बनाउने तर्फ लाग्नुपर्नेमा जोड दिदै आर्थिक अनियमितता र नैतिक बिचलनबाट टाढा राख्ने र बालमैत्री शिक्षा दिनुपर्ने बताए ।
सोही बिद्यालयका पूर्व बिधार्थी समेत रहेका सांसद ढकालले शिक्षाले मात्रै मानिसलाई न्यायको पक्षमा उभिन सक्ने बनाउने बताउँदै बिद्यालयले घोकन्ते बिद्या हैन ब्यबहारिक शिक्षा दिनु पर्ने बताए । उनले बिद्यालयले बिद्याथीहरुलाई घरमा नपाएको माया दिन सक्नु पर्नेमा जोड दिदै जीवनमा उच्च लक्ष्य र इमान्दार भएर अगाढि बढ्नु पर्ने बताए । उनले दुःख बिना सफलता आउँदैन भन्दै बिधालयलाई आवश्यक परेको बेला जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए । पूर्वमन्त्री समेत रहेका ढकालले बिद्यालयले शैक्षिक गुणस्तर सुधार हुँदै गएको र अझै धेरै मिहेनत गरि २१ औं सताब्दी सुहाउदो अनुसन्धान मुलक शिक्षामा जोड दिनु पर्ने बताए । बिद्यालयको शैक्षिक तथा भौतिक उन्नतिकालागि अभिभावकहरुको भुमिका महत्त्वपूर्ण हुने बताए ।
सांसद ढकालले शिक्षा मानिसको तेश्रो आँखा भएको बताउँदै शिक्षा विना जिवन अन्धकार हुने भएकोले अवको शिक्षाले देश र जनता प्रति उत्तरदायी हुने नागरिक तयार गर्नु पर्नेमा जोड दिए । मौजुदा शिक्षा प्रणालीले उत्पादनसंग नजोड्न नसकेपनि प्राप्त श्रोत श्रोत साधनको उपयोग बिधार्थीलाई अनुशासति, व्यबहारिक र लगनशिल बन्नमा उत्प्रेरित गर्नु पर्ने बताए ।

कार्यक्रममा भिमसेन थापा गाउँपालिकाका उपाध्यक्ष अमृतादेबवी अवस्थीले बिद्यालयलाई नुमना बिद्यालयको रुपमा अगाडी बढाउन शैक्षिक, भौतिक तथा सामाजिक रुपले व्यवस्थित र विश्वसनियताको आधार निर्माण गर्नु पर्नेमा जोड दिईन् । उनले अभिभावक शिक्षा अव बिद्यालयले हैन गाउँपालिकाले दिने बताउँदै बिद्यालयको भौतिक पक्षलाईमात्र ध्यान दिंदा बिद्यालयमा बिधार्थीहरुलाई दिइने शैक्षिक कृयाकलालाई पनि बढी महत्व दिनु पर्ने बताईन् ।
शिक्षा बिकास इकाई गोरखाका प्रमुख सुबास आचार्यले बिद्यालयमा पढ्ने र पढाउने भन्दा पनि शिक्षकले किन र केका लागि कस्तो शिक्षा दिने भन्ने कुरा प्रष्ट हुनुपर्ने बताउदै बिधार्थीहरुले पनि मैले किन र के पढ्ने भन्नेबारे प्रष्ट हुन आवस्यक रहेको बताउनु बताए । उनले भने बिधार्थीहरुमा पढेर देशमै केही गर्छु र आफै स्वरोजगार बन्छु भन्ने भावनाको बिकास गर्न अभिभावक, शिक्षक र समुदायले फरक वातावरण श्रृजना गर्नु पर्ने बताए ।

बिद्यालयका प्रधानाध्यापक यदुनाथ सापकोटाले बिद्यालयको बार्षिक तथा शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा गाउँपालिका स्तरिय मा.बि बिद्यालयहरुको लोक नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । विभिन्न १० माध्यमिक बिद्यालयको सहभागित रहेको लोक नृत्य प्रतियोगितामा श्री जागेश्वर उच्च.मा.बि प्रथम, नव जागृती चण्डी मा.बि दोस्रो तथा प्रभात मा.बि तेस्रो भएका थिए । उनिहरुलाई संधिय सासद ढकालले मेडल तथा प्रमाणपत्र प्रदान गरे । भने प्रथम हुने टिमलाई सांसद ढकालले पाँच हजार नगद पुरस्कार समेत प्रदान गरे ।

दूई दिन सम्म चेलेको बार्षिक उत्सवमा गाउँपाकिलाका बिभिन्न संघ संस्था , बडा अध्यक्षहरु , सामुदायिक क्लब लगायतको उपस्थीति रहेको थियो । बिद्यालयले वर्षभरि सञ्चालन गरिएको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको छ । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष ऋषि भट्टको सभापतित्वमा कार्यक्रम भएको थियो । २०३२ सालमा स्थापना भएको बिद्यालयमा हाल २४१ बिधार्थी अध्यनरत छन् । बिद्यालयको भौतिक संरचना निर्माणमा सांसद ढकालको उल्लेखनिय योगदान छ। ढकालकै संक्रियतामा टहरा मुनि पठन पाठन हुदै आएकोमा भुकम्प प्रतिरोधी ८ कोठे दूई तले भवन निर्माण भएको छ । कार्यक्रममा पूर्व मन्त्रि ढकाल संगै परिवार दलका महामन्त्री प्रकाश बाबु थापा, सह-महामन्त्री मनोज सुर्खेती लगाएत समेत उपस्थित थिए।

समाचार श्रोत : बिष्णु गिरि निश्चल, द युनिभर्सल टाइम्स