images
images

धनकुटामा ओलीमाथि आक्रमण

विराटनगर । धनकुटा र भोजपुरको बिचमा पर्ने लेगुवा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि एक व्यक्तिले आक्रमणको प्रयास गरेका छन् ।

बिहिबार मध्यपहाडी संकल्प यात्राको क्रममा पुगेका ओलीमाथि फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले आक्रमणको प्रयास गरेका हुन् ।

उनको आक्रमण लगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट गरेका थिए । महालक्ष्मी–५ धनकुटाका महेश राईले ओलीमाथि आक्रमणको प्रयास गरेका हुन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।