images
images

खानेपानी सचिव रामआधार साहको सरुवा नयाँ सचिबमा आचार्य

काठमाडौँ । खानेपानी मन्त्रालयका सचिव रामआधार साहको सरुवा भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सचिव साहलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरेको छ ।

यस्तै सतर्कता केन्द्रका सचिव सुरेश आर्चायले खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ ।  सरकारले अन्य केही सचिवहरूको पनि सरुवा गरेको छ । यस्तै परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।