images
images

सेवा लम्साल बनिन् परराष्ट्र सचिव

काठमाडौँ-  परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल सचिवमा बढुवा भएकी छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सचिवमा बढुवा गरेको हो।

लोक सेवा आयोगको अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले शुक्रबार उनलाई सचिवमा बढुवा गर्न एकल सिफारिस गरेको हो।

सेवाले सन् १९९८ मा शाखा अधिकृतका रुपमा निजामती सेवामा प्रवेश गरेकी थिइन्।

गत मंसिर १९ गते परराष्ट्रसचिव भरतराज पौड्यालको समयावधि सकिएसँगै लम्साल निमित्त सचिवको जिम्मेवारीमा थिइन्।