हत्या अभियोग लागेका एमालेका निलम्बित सांसद लक्ष्मी कोइरीले पाए सफाइ

काठमाडौं,२८ मंसिर । थमन बिक हत्या प्रकरणमा नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतोले सफाइ पाएका छन् । न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले आज उनले सफाइ पाएको फैसला सुनाएको हो ।

मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेका कोइरीलाई जिल्ला अदालत महोत्तरीले सफाइ दिने निर्णय सुनाएको हो। कोइरीसँगै अर्का अभियुक्त पवन कापरले पनि सफाइ पाएका छन्।

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको जलेश्वरमा एम्बुलेन्सबाट निकालेर हत्या गरिएको थियो।

प्रहरीको फरार सूचीमा रहेका कोइरी २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेको तर्फबाट महोत्तरी-१ बाट निर्वाचित भएका थिए।

उनले वारेसमार्फत् प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराएका थिए भने चुनाव जितेपछि प्रमाणपत्र पनि वारेसमार्फत् नै बुझेका थिए।