images
images

सैनिक मञ्च टुँडिखेलमा काठमाडौं महानगरको २९औँ स्थापना[ फोटो फिचर सहित ]

काठमाडौं : काठमाडौं महानगरपालिकाले पहिलो पटक टुँडिखेलको सैनिक मञ्चमा २९औँ महानगर दिवस मनाएको छ।

महानगरपालिकाले पहिलो पटक  महानगर दिवस आज सैनिक मञ्चमा मनाएको हो। नेपाली सेनाले उक्त ठाउँमा अन्य कार्यक्रमहरू आयोजना गर्न दिएको थिएन। तर, महानगरपालिकाले भने कार्यक्रम आयोजना गर्न पाएको छ। कार्यक्रममा प्रमुख अतिथिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन्। सैनिक मञ्चमा महानगर प्रहरीले परेड प्रदर्शन गरेको थियो। कला संस्कृतिसहितका झाकी प्रदर्शन भइरहेका छन्।