images
images

काठमाडौं महानगरले कटौती गर्‍याे पत्रकारिता पुरस्कार

काठमाडौ‌ं : काठमाडौं महानगरले हरेक वर्ष पत्रकारलाई प्रदान गर्दै आएको सुशासन पत्रकारिता पुरस्कार यो वर्ष कटौती गरेको छ। महानगरले अघिल्लो वर्षसम्म महानगर दिवसको अवसरमा पत्रकारहरूलाई पुरस्कार प्रदान गरेको थियो।

 

 

आज (शुक्रबार) भएको २९ औँ महानगर दिवस कार्यक्रममा पत्रकारहरूलाई महानगरले पुरस्कार वितरण गरेन। महानगरपालिकाका कर्मचारीहरूका अनुसार यो वर्ष उक्त पुरस्कार कटौती गरिएको छ। यो वर्षमात्रै रोकिएको र अर्काे वर्षबाट पुन: प्रदान गरिने उनीहरूको भनाइ छ।

महानगरपालिकाले यसअघि महानगर सुशासन पत्रकारिताको माध्यमबाट महानगरको विकास र प्रवर्द्धनमा सक्रिय योगदान दिने १० जना पत्रकारलाई जनही नगद ५० हजारसहित सुशासन पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको थियो।