images
images

राष्ट्रिय सभा निर्वाचनका लागि १२ दलले पाए चुनाव चिह्न

काठमाडौँ- माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले दर्ता भएका १२ वटा दललाई चुनाव चिह्न  प्रदान गरेको छ।

आयोगले आइतबार विज्ञप्ति जारी गर्दै दर्ता भएका १२ वटा दललाई चुनाव चिह्न र चिह्नको क्रम निर्धारण गरेको जानकारी दिएको हो।

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीको दल दर्ता भएको हो।

शुक्रबार राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने अन्तिम दिन थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले भने राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरेको छैन।

राष्ट्रियसभा अध्यक्षसहित २० पदका लागि माघ ११ गते निर्वाचन हुँदै छ।