नेपाल नगरपालिका संघले ‘राष्ट्रिय शहरी सरसफाई सम्मेलन’ आयोजना गर्ने

काठमाडौँ – नेपाल नगरपालिका संघले राष्ट्रिय शहरी सरसफाई सम्मेलन, २०२३ आयोजना गर्ने भएको छ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघले उक्त जानकारी दिएको छ। संघले शहरी वातावरणअन्तर्गत खानेपानी, सरसफाई र स्वच्छताका विषयहरुमा तीन तहका सरकारबीच समन्वय र नीतिगत पैरवी गर्नका सम्मेलन गर्न लागेको जनाएको छ।

खानेपानी सरसफाई र स्वच्छता सबैको साझा विषय भएकाले सबैले साथ र सहयोग गर्नुपर्ने नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले बताए। सम्मेलन एक दिन चल्ने अध्यक्ष ढुंगानाले बताए।

उनले दिगो विकास लक्ष्य हासिल गर्नसमेत टेवा पुग्ने गरी सम्मेलन आयोजना गर्न लागिएको बताए।