images
images
images

सांसद बजगाईँ द्वारा भीरबाट खसेर घाइते भएका खच्चड व्यवसायीको हेलिकोप्टरबाट उद्धार

धार्चे गाउँपालिका वडा नं. ५ साविक गुम्दा गाबिस वडा नं. ५माछिखोला निवासी बर्ष ३८ को राम बहादुर गुरुङ खच्चड लिएर माछिखोला जाने क्रममा चुमनुब्री गा पा वडा नं. ५ बिहि गाउँ को बान्द्रुङ्ग भिरमा माथिबाट आएको ढुङ्गाले लागेर भिरबाट लडि अन्दाजी ५०-६० मिटर तल झरी घाइते हुनुभएका गोरखाका गुम्दाका राम बहादुर गुरुङको उद्धार गरिएको छ।

गुरुङलाई नेपाली सेनाको हेलिकप्टरबाट आज बुधबार १०:५५ मा बिहि गाउँ बाट उद्धार गरिएको प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईले जानकारी दिए।

गम्भीर घाइते गुरुङलाई हिजो मंगलबार देखि नै उद्धार गर्न सांसद बजगाईले तयारी थाल्नु भएको थियो। साथै चुमनुब्री गापा निषेधित क्षेत्र हो

घाइते गुरुङलाई काठमाडौंको महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गरियको छ। उनी मंगल बेलुकी करिब ५ बजेतिर लडेका थिए। उनको खुट्टा, टाउको, र शरीरमा गम्भीर चोट लागेको छ।
आफ्नो तलबभत्ता निर्वाचन क्षेत्रका जनताको सेवामा खर्च गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।