images
images

राप्रपा नेपालले गर्‍यो मन्त्री किरातीको पुत्ला दहन, माग्यो राजीनामा

काठमाडाैँ – राप्रपा नेपाल आबद्ध जनवर्गीय संगठनले आज साँझ काठमाडाैँमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीको पुत्ला दहन गरेका छन्।

 

९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीको आस्था र विश्वासमाथि मन्त्री किरातीले प्रहार र अपमान गरेको भन्दै उनीहरुले पुत्ला दहन गरेका हुन्।

मन्त्री किरातीले आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारपूणर् अभिव्यक्ति दिएको भन्दै उनीहरुले मन्त्री किरातीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। राजीनामा नदिएमा प्रधानमन्त्रीले तुरुन्तै बर्खास्त गर्नुपर्ने उनीहरुको भनाइ छ। संस्कृतिमन्त्री किरातीले क्रिश्चियन धर्म नमान्नेहरु देशद्रोही र संविधानविरोधी भएको त्यस्तालाई जेलमा कोच्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए।

“पार्टीका जनवर्गीय संगठनले आज सांकेतिक रुपमा विरोध प्रदर्शन गरेका छन्। मन्त्री किरातीले तत्काल राजिनामा नदिए यो बिषय डरलाग्दो र विकराल हुनसक्ने चेतावनि दिँदै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले राजिनामा नदिए आन्दोलनले चर्को रुप लिने बताए। काठमाण्डौको चावहिलमा भएको प्रदर्शनमा प्रदर्शनकारीले मन्त्री किरातीको विरोधमा चर्का नारावाजी गरेका थिए।