images
images

पोल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ

काठमाडौँ । पोल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा घर भएर सुर्यबिनायक नगरपालिका–१३ मा बस्ने प्रदिप बुढाथोकी छन् ।

२५ वर्षीय बुढाथोकीलाई बानेश्वरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । बुढाथोकीले कल्पना विश्वकर्मालाई पोल्याण्ड पठाउँछु भनेर १ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ ।

पोल्याण्ड जान सात लाख ५० हजार लाग्ने र त्यहाँ मासिक १ लाख २० हजारको जागिर मिलाइदिन्छु भनेर आरोपीले रकम लिएपछि सम्पर्क विहीन भएका हुन् । उनलाई कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।