images
images

विज्ञापन बजार धरासायी हुँदा आमसञ्चार क्षेत्र नै संकटमा परेको विज्ञापन व्यावसायीको गुनासो

काठमाडौं । सञ्चाार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले विज्ञापन व्यावसाय र विज्ञापन एजेन्सीप्रति कुनै पुर्वाग्रह नराखेको बताउनुभएको छ ।

नेपाल विज्ञापन संघको २४आंै साधारण सभामा बोल्दै उहाँले ब्यावसायीबाट आउने सुझावलाई गम्भिर रुपमा लिएर नीतिगत सुधार गर्दै जाने बताउनुभयो । मन्दीले सबै क्षेत्र प्रभावित हुंदा विज्ञापन बजार पनि प्रभावित भएको भन्दै उहाँले विज्ञापन बजार बढ्न आर्थिक क्रियाकलाप बढ्नुपर्ने बताउनुभयो । उहाँले विज्ञापन बजारमा भएका समस्याको अध्ययन गरी सुझाव आएमा विज्ञापन ऐन संसोधन गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा मिडिया एलाइन्सका अध्यक्ष भास्करराज राजकर्णिकारले आमसञ्चार क्षेत्र, विज्ञापन व्यवासाय लगायत सम्पूर्ण आर्थिक व्यावसाय नै अहिले जोखिममा परेको बताउनुभयो । विज्ञापन उद्योग समृद्ध र उन्नत उद्योग भएपनि सरकारले नबुझेको भन्दै उहाँले विज्ञापन एजेन्सीको १५ प्रतिशतको अधिकार सुनिश्चित गरिनुपर्छ भन्नुभयो । उहाँले विज्ञापन बोर्ड पनि भर्ति केन्द्र मात्रै बनेको आरोप समेत लगाउनुभयो ।

यस्तै, नेपाल विज्ञापन संघका अध्यक्ष सोमप्रसाद धितालले विज्ञापन व्यावसाय कोमामा गईसकेको र विज्ञापन बोर्डको भूमिका पनि कमजोर देखिएको बताउनुभयो ।

कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले आफ्नो कार्यकालमा पहिलो पटक विज्ञापन एजेन्सीले कानूनी मान्यता प्राप्त गरेको भन्दै बोर्डले विज्ञापन एजेन्सीहरुको अधिकार खोस्ने र अवरोध नगर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । सञ्चार माध्यमहरुले विज्ञापनको दर रेट सार्वजनिक गर्नुपर्ने प्रष्ट पार्नुभयो ।