images
images

गोरखाका प्रविन बने अनेरास्ववियु गण्डकीकाे अध्यक्ष

पोखरा । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको गण्डकी प्रदेश अध्यक्षमा गोरखाका प्रविन श्रेष्ठ चयन भएका छन् । पोखरामा भएको पहिलो अधिवेशनले उनको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

उपाध्यक्षमा कास्कीका सुशन घिमिरे र स्याङजाका विश्वदर्शन पराजुली चयन भएका छन् । सचिवमा नवलपुरका सुरज सापकोटा, सहसचिवमा डिएन (दिननाथ) लामिछाने, स्वीकार पोखरेल, अनिल कुँवर र महिला तर्फ कृति भट्टराई चयन भए । कोषाध्यक्षमा विक्रम क्षेत्री चयन भएका निर्वाचन समितिले जनाएको छ ।