images
images

संघिय सांसद एकनाथ ढकालद्वारा गोरखाको मनकामना मन्दिरमा बिशेष पूजा अर्चना सम्पन्न

पुस ७ गते, गोरखा । संघिय सांसद तथा पुर्वमन्त्री एकनाथ ढकालले गोरखास्थित मनकामना मन्दिरको दर्शन गरी बिशेष पुजा अर्चना गर्नुभएको छ। आइतबार आफ्नो परिवारका सदस्यहरु तथा नेपाल परिवार दलका महामन्त्री प्रकाश बाबु थापा लगाएत साथमा लिएर गृह जिल्ला समेत रहेको गोरखाको चर्चित धार्मिक स्थल मनकामना पुगेका थिए।ढकालले मनकामना मन्दिर परिसरको थप विकास तथा धार्मिक पर्यटनको प्रबद्धन गर्ने सम्बन्धमा स्थानियसँग कुराकानी समेत गर्नुभयो। मनकामनामा आन्तरिक तथा बाह्य पर्यटक बृद्धि गर्न सार्बजनिक – निजि साझेदारीमा स्थानीय पूर्वाधारको बिकासमा थप जोड दिनुपर्ने सांसद ढकालले बताए। धर्म-संस्कृति तथा ऐतिहाँसिक फाँट आफु संलग्न संसदीय समितिको कार्य क्षेत्रसमेत रहेको स्मरण गर्दै सांसद ढकालले नेपालको धार्मिक तथा सांस्कृतिक स्थलहरुको थप प्रबद्धन गर्न सकेसम्म धेरै धार्मिक स्थलहरुको भ्रमण गर्ने आफ्नो योजना रहेको पनि बताए।

नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालको जन्म स्थल पनि गोरखानै हो। ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य हुन्।

मनकामना मन्दिर गोरखाको एक महत्त्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ। मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको जनबिश्वाश छ। गोरखाका राजा राम शाहकी रानी स्वयं पनि मनकामना भगवतीको अवतार थिइन् भन्ने जनविश्वास छ।