images
images

शीर्ष नेताबिच छलफल: संक्रमणकालीन न्यायलाई सहमतिमै टुंग्याउन जोड, अर्को बैठक सोमबार

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरूबिच छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच संक्रमणकालीन न्यायसम्बन्धि विधेयकलाई सहमतिमै अघि बढाउनेबारे छलफल भएको छ ।

बालुवाटार बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले संक्रमणकालीन न्यायलाई सहमतिमै टुंग्याउने विषयमा छलफल भएको जानकारी दिए ।

‘संक्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा नेताहरुबिच छलफल भयो । सामान्यतया यो विषयलाई चाँडो टुंगोमा पुर्याउ भन्नेमा नेताहरुले भनाइ राख्नुभयो’, नेता लेखकले भने, ‘सोमबार बेलुका चार बजे पुनस् अर्को बैठक बसेर छलफल गर्ने सहमति भएको छ ।’