images
images

रविलाई खोइला हान्नेमाथि अभद्र व्यवहारमा मुद्दा

पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मकैको खोइला हान्नेलाई प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान अगाडि बढाएको छ।

शनिबार पोखराको अमरसिंह चोकमा रास्वपाको खुला सभालाई सम्बोधन गर्दै गर्दा रविमाथि मकैको खोइला प्रहार भएर थियो। मकैको खोइला प्रहार गर्ने लमजुङको राइनास नगरपालिका–८ का सन्तोष रानाभाट तत्कालै पक्राउ परेका थिए।

जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनबहादुर थापाले बताए।

सार्वजनिक स्थलमा शान्ति सुरक्षा भंग गरेकोमा अनुसन्धान अगाडि बढाइएको उनको भनाइ छ। यद्यपि, रविले भने सभाबाटै खोइला प्रहार गर्नेलाई छाड्न अनुरोध गरेका थिए।