images
images

बालुवाटारमा प्रमुख तीन दलको बैठक सुरु

काठमाडौँ । प्रमुख तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी, कांग्रेस र एमालेका नेताहरूबिच बैठक सुरु भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति शेर बहादुर देउवा लगायत नेताहरूको सहभागिता रहेको आजको बैठकमा सङ्क्रमणकालीन न्याय ९टीआरसी०को बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि आइतबार पनि प्रधानमन्त्रीले देउवा र ओलीलाई बालुवाटारमा बोलाएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने विषयमा छलफल गरेका छन् ।